३ असोजदेखि धरहरा चड्न पाइने, सञ्चालन मोडालिटीबारे छलफल हुँदै
सहरी विकास मन्त्रालयले ३ असोजदेखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्न लागेको हो । मन्त्रालयको निर्णयसँगै धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले पनि बाँकी काम सक्न तीव्रता दिएको छ । रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर दीपक सिंहका अनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम भइरहेको छ । ‘पछिल्लो समय थपिएको मितिअनुसार हामीसँग केही समय अझै बाँकी छ । धरहरा सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम गरिरहेका छौँ,’ सिंहले भने, ‘सुन्धाराबाहेकका काम गर्नुपर्ने हो । ती काम ३ असोजभित्र सक्छौँ ।’ उनका अनुसार बिजुली बत्तीको कामबाहेक अन्य काम सकिसकेको छ । निर्माण कम्पनीलाई थपिएको समय ६ अक्टोबर (२० असोज)मा सकिँदैछ ।

प्रतिक्रिया