श्रावण ३० २०८३, शनिबार

अख्तियारद्वारा पहिलो पटक सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

गैरकानुनी धनआर्जन गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलोपटक सार्वजनिक पद धारण गरेका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

 

अख्तियारले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख ईन्जिनियर सरोज भट्टराईलाई मुख्य अभियुक्त र उनकी आमा जनक नन्दनी भट्टराईलाई मतियारका रुपमा प्रतिवादी बनाएर १ करोड ८५ लाख रुपैयाँ बिगो कायम गरी हिजो विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनले सम्पत्ति शुद्धीकरण विभागको मुद्दा दायर गर्ने अधिकार जिल्ला सरकारी वकिल कार्यालयलाई दिएको छ । यो मुद्दा जिल्लामा दर्ता हुने कानुनी व्यवस्था छ ।

यसअघि विशेष अदालतमा सम्पत्ति शुद्वीकरण विभागले दर्ता गर्ने गरेको थियो । पहिलोपल्ट अख्तियारले नै यो मुद्दा दायर गरेको हो । भट्टराईले ८० लाख रुपैयाँ रकम घुस लिएको सम्बन्धी कसुरमा यसअघि नै मुद्दा दायर भएकोमा उनी विशेष अदालतबाट दोषी ठहर भइसकेका थिए ।

थप अनुसन्धान गर्दा भट्टराईले कोषको ठेक्कापट्टा लगाउँदा अरु १ करोड ५ लाख रुपैयाँ पनि घुस वापत लिएर आमाका नाममा जग्गा किनेको भेटिएको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार