वैशाख ३१ २०८३, बिहिबार

हजयात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति

नेपाल हज समितिको सचिवालयले हजयात्राबाट बाँकी रहेको रकम सबै यात्रुहरूलाई फिर्ता गर्ने भएको छ। रकम फिर्ता गर्न समिति सचिवालयले सूचना जारी गरेको छ। समितिले यसपटक प्रतिव्यक्ति २३ हजार चार सय रुपैयाँ फिर्ता गर्ने भएको छ।
Ads

 

समिति सचिवालयले प्रेस सम्मेलनकाे आयोजना गरी भर्खरै सम्पन्न भएको हजयात्रा सुखद र सफल भएको बताएको छ। ‘यो वर्ष हामीले हजयात्रीलाई मक्कानजिक राख्न सफल भयौँ। खानाको मेनुमा पनि धेरै परिवर्तन ल्यायौँ। बसाइ अवधिमा यात्रुलाई कुनै पनि कठिनाइ हुन नदिनका लागि साउदी सरकार, साउदीस्थित नेपाली दूतावाससँग सहकार्य गर्‍याैँ,’ उनले भने।

Ads

हजमा विभिन्न मुलुकका मानिसको सहभागिता हुन्छ। धेरै भिड हुने भएकाले खान, बस्न र स्वास्थ्यसम्बन्धी समस्या हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ। तर, यसपटक सचिवालयले सबै व्यवस्थापन चुस्त राख्न सफल भएको उनले बताए। 

समितिले प्रतिव्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो। तर, अनुमान गरेभन्दा खर्च कम भएपछि कमिटीले रकम फिर्ता गर्न लागेको उनले बताए। ‘रकम फिर्ता गर्नका लागि हामीले खाता नम्बर टिपाउन सूचना जारी गरेका छौँ। नम्बर प्राप्त भएपछि हामी अनलाइन नै भुक्तानी गरिदिन्छौँ,’ उनले भने ।

Ads

नेपालबाट हजयात्रामा जान थालेको ६१ वर्ष भयो। यो वर्षको हजयात्राका लागि नेपालले १२०० कोटा पाएको थियो। तर, जम्मा ७६४ जना मात्रै हजयात्रामा सहभागी भएका समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले बताए। आर्थिक मन्दीका कारण यसपटक हजयात्रामा कम व्यक्ति सहभागी भएका उनले बताए। हजयात्रामा दुईजना चिकित्सकको पनि सहभागिता थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार