वैशाख ३१ २०८३, बिहिबार

कोशी प्रदेश सरकारले संविधानको मर्म अनुसार काम गरिरहेको छ - मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ ।
Ads

विराटनगर ।  मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढिरेहको बताउनुभयो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक तथा जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक र समतामूलक समाजको निर्माण गर्ने संकल्प संविधानले लिएको उल्लेख गर्नुभएको छ । नेपाली जनताको लामो संघर्ष र बलिदानपछि आजकै दिन ९ वर्षअघि जननिर्वाचित संविधानसभाद्वारा नेपालको संविधान जारी भएको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो - 'जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।' आजको यस दिनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अंगलाई संवैधानिक मूल्य एवम् मान्यताहरू कार्यान्वयन गर्न प्रेरणा दिने अपेक्षा लिएको मुख्यमन्त्रीले बताउनुभयो ।

 

Ads

 

 

Ads

 

Ads

 

प्रतिक्रिया

सम्बन्धित समाचार