असार १६ २०८३, मंगलबार

महारानी झोडा सानाकिसान कृषि सहकारीको साधारणसभा आज

Ads

महारानी झोडा सानाकिसान कृषि सहकारीको वार्षिक साधारणसभा आज हुँदैछ । संस्थाले आफ्नो २२औं वार्षिक साधारणसभा आफ्नै स्वामित्वमा सञ्चालित बिउविजन प्रसोधन केन्द्रमा गर्न लागेको हो । २२ वर्ष अगाडि आजकै दिन स्थापित यस संस्थाले कृषि क्षेत्रमा निकै महत्त्वपूर्ण फड्को मारेको देखिन्छ । धानको बीउ उत्पादन तथा प्रशोधन गर्ने उद्योग, साइलेज उद्योग जस्ता उद्योग धन्दाहरु स्थानीय स्तरमा सुरु गरेको यस संस्थाले नमुना खेती, चाक्लाबन्दी खेती, कृषि औजार होल्डिङ सेन्टर आदि स्थापना गरेर कृषिलाई आधुनिकीकरण गर्ने दिशामा अगाडि बढेको पाइन्छ  । 

यस सहकारी सम्बन्धि थप समाचारको लागि पर्दाफास डट कम हेर्दै गर्नु होला । 

Ads

 

संस्थाको सूचना 
सम्पुर्ण शेयर सदस्यज्युहरुमा सूचना
 संस्थाको २२औं वार्षिक सधारणसभामा उपस्थितिका लागि अन्तर समुह गोष्ठीबाट  सूचना भईसकेको हुदा पुनः यहि सूचना  मार्फत निम्न मिति,समय र स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति   :- २०८१-०७-१० , शनिबार 
समय  :- ११:००
स्थान  :- महारानीझोडा बिउ उद्योग,गौरादह -४, धरधरे, झापा

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार