ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै दीपक मनाङे सम्पर्कविहीन
काठमाडौँ । सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन्। मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्ष कैदको फैसला सुनाएको हो।
सर्वोच्चले यसअघि उच्च अदालत पाटनले मनाङेलाई दिएको ५ वर्ष कैदको फैसलालाई सदर गरेको हो। सर्वोच्चको फैसलापछि मनाङे सम्पर्कविहीन भएका छन्, र उनलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ रहेको जनाइएको छ।
प्रतिक्रिया