पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक खण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडक खण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा गाडीको आवगमन बन्द गर्न लागिएको हो ।
यो सडक खण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ ।

छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक गाडीबाहेक अरु गाडी पूर्ण रुपमा बन्द रहने उहाँले बताउनुभयो । यस अवधिमा गाडी सडकमा रोक्दा र चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा गाडी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ ।
व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ

प्रतिक्रिया