सिरियाको दोस्रो ठूलो शहर अलेप्पो पनि विद्रोही समूहको कब्जामा
बेलायतमा आधारित सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार विद्रोहीहरू होम्सतर्फ गइरहेका छन् । यदि विद्रोहीहरूले होम्स पनि कब्जा गरे भने सिरियाको राजधानी दमास्कसले धेरै शहरहरूसँग सम्पर्क गुमाउनेछ ।
हामा शहर कब्जा गरेपछि विद्रोही समूह हयात तहरीर अल–शामका नेता अबु मोहम्मद अल–जवलानीले विजयको घोषणा गरेका छन् । राष्ट्रपति बशर अल–असदले भने देश टुक्राउने अभियानमा लागेका विद्रोहीलाई अमेरिका र पश्चिमाहरूले सहयोग गरिरहेको भन्दै चर्को निन्दा गर्नुभएको छ ।
राष्ट्रपति अशदलाई इरान, रुस र लेबनानी समूह हिजबुल्लाहबाट सहयोग रहेको छ । अमेरिका, बेलायत, टर्कीलगायतका देशले स्वार्थअनुसार विभिन्न विद्रोही समूहलाई समर्थन गर्दै आएका छन् ।
अहिले इजरायलसँगको द्वन्द्वका कारण इरान र हिजबुल्लाह कमजोर भएको तथा युक्रेनसँगको युद्धका कारण रुस पनि कमजोर भएकाले सिरियाली राष्ट्रपति असदसमेत समस्यामा हुनुहुन्छ । यही मौकामा विद्रोहीले धमाधम शहरहरू कब्जा गर्न लागेका हुन् ।
प्रतिक्रिया