श्रावण १७ २०८३, आइतबार

दक्षिण कोरियाका राष्ट्रपतिले 'मार्शल ल' अर्थात् सैन्य कानून घोषणा गरेकोमा माफी माग्नुभयो

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले 'मार्शल ल' अर्थात् सैन्य कानून घोषणा गरेकोमा माफी माग्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति युनले 'मार्शल ल' घोषणा गर्ने आफ्नो निर्णयका लागि माफी माग्नुभएको बीबीसीले जनाएको छ ।

 

आफ्नो घोषणाबाट हुने कुनै पनि कानूनी र राजनीतिक जिम्मेवारी मुद्दाहरूलाई बेवास्ता नगर्ने भन्दै उहाँले अर्काे 'मार्शल ल' घोषणा नहुने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रपति युनले आफ्नो कार्यकालको मुद्दा आफ्नो पार्टीमा छोडेको भन्दै आफ्नो सम्बोधन सक्नुभएको खबरमा उल्लेख छ । उहाँले देशको भावी व्यवस्थापनको जिम्मेवारी आफ्नो पार्टी र सरकारको हुने पनि बताउनुभएको छ ।

यसैबीच सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युनविरुद्धको महाभियोगमा मतदान आजका लागि तय भएको छ । राष्ट्रपछि युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी गएको मङ्गलवार राति 'मार्शल ल’ घोषणा गर्दै केही घण्टामै फिर्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार