श्रावण १७ २०८३, आइतबार

विदेशमा शरण लिएका आफ्ना नागरिकलाई स्वदेश फर्कन सिरियाको प्रधानमन्त्रीको आग्रह

सिरियाको सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।

 

विद्रोही समूहहरूले आउने मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल–बशीरले आफ्नो पहिलो लक्ष्य विदेशमा रहेका लाखौँ सिरियाली शरणार्थीलाई फिर्ता ल्याउनु रहेको बताउनुभएको छ ।

विदेशमा रहेका नागरिकको मानव पुँजी, ज्ञान, सीप र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने उहाँँको विश्वास रहेको बीबीसीले जनााएको छ ।

प्रधानमन्त्री मोहम्मदले सिरिया अब एक स्वतन्त्र देश भएको र यहाँ पुनर्निर्माणसमेत आवश्यक भएकाले सबै मिलेर एकजुट हुनपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार