श्रावण १७ २०८३, आइतबार

हमास लडाकु समूहले ६ जना बन्धक र इजरायलले ६ सय २ जना कैदीबन्दी रिहा गर्‍याे

प्यालेस्टिनी लडाकु समूह हमासले थप छ जना इजरायली बन्धक र इजरायलले छ सय दुई जना कैदीबन्दी मुक्त गरेको छ ।

हमास समूहले एवेरा मेन्गिस्टु, हिशाम अल–सयद, ओमेर शेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल शोअमलाई दक्षिणी गाजाको रफाह शहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिको जिम्मा लगाइएको हो ।

उनीहरूमध्ये चार जना इजरायलबाट सन् २०२३ अक्टोबर ७ तारिखमा लगेका रहेका छन् । अरू दुई जना सन् २०१४ र २०१५ मा बन्धक बनाइएका रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसपटक पनि नेपालका विपिन जोशी रिहा हुन सकेनन् । हमास समूहले छ जना बन्धक मुक्त गरेलगत्तै इजरायलले पनि छ सय दुई जना प्यालेस्टनी कैदीबन्दीलाई रिहा गरेको छ । तीमध्ये ५० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । ६० जनाले लामो समयको कारावास सजाय भोगिरहेका थिए ।

अरूलाई कुनै आरोप बिना सन् २०२३ अक्टोबर ७ तारिखदेखि हिरासतमा राखिएको थियो । अरूलाई कुनै आरोप बिना सन् २०२३ अक्टोबर ७ तारिखदेखि हिरासतमा राखिएको थियो । हमास र इजरायलबीच झन्डै एक महिनाअघि युद्धविराम लागू भएयता सातौं पटक बन्धकहरू रिहा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार