क्यानडामा लिबरल पार्टीका नेता मार्क कार्नी अब प्रधानमन्त्री
बेलायत र क्यानडाका केन्द्रीय बैंकका पूर्व प्रमुख मार्क कार्नीले तीन जना प्रतिद्वन्द्वीहरूविरुद्ध नेतृत्वको दौड जित्नुभएको हो । उहाँले आउँदो अक्टोबरसम्म हुने अर्को आम चुनावमा पार्टीको नेतृत्व गर्नुहुने खबरमा उल्लेख छ ।
नौ वर्षको कार्यकालपछि गएको जनवरीमा राजीनामाको घोषणा गरेका ट्रुडोलाई भने राजीनामा दिन आफ्नै पार्टी भित्रबाट दबाब बढेको थियो ।
यसैबीच कार्नीले अमेरिकाप्रति लक्षित गर्दै कहिले पनि विश्वास गर्न नसकिने देशबाट आफ्नो राष्ट्रले पछिल्लो समय खराब र अप्ठ्यारो परिस्थितिको सामना गर्न परेको बताउनुभएको छ ।
उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकाले क्यानडालाई सम्मान नदेखाउँदासम्म अमेरिकी सामानहरूमा प्रतिशोधात्मक करहरू जारी राख्ने बताउनुभएको छ ।
प्रतिक्रिया