असार १६ २०८३, मंगलबार

भारतले झापा र चितवनमा गाड्दैछ इन्धन पाइपलाइन – आत्मनिर्भरता कि चुनौती ?

Ads

 

पर्दाफास संवाददाता, झापा | वैशाख २०, २०८२

Ads

नेपालमा भारतको प्रत्यक्ष लगानीमा दुईवटा इन्धन पाइपलाइन र एक विशाल भण्डारण टर्मिनलको निर्माण प्रक्रिया सुरु भएको छ। तर यसले स्वाभिमानी मुलुकको रूपमा नेपाललाई आत्मनिर्भरता तर्फ लैजाने कि विदेशी नियन्त्रणमा थप गहिरिँदै जानुपर्ने भन्ने बहस उठेको छ।

भारतीय कम्पनी इन्डियन आयल कर्पोरेसन (IOC) ले झापाको चारआलीसम्म र चितवनको लोथरसम्म दुई पेट्रोलियम पाइपलाइन बिच्छ्याउने तयारी गरिरहेको छ। साथै, झापामै एक 'ग्रिनफिल्ड टर्मिनल' अर्थात् इन्धन भण्डारण केन्द्र बनाउने प्रक्रिया पनि तीव्र पारिएको छ।

Ads

नेपाल आयल निगम, आपूर्ति तथा वितरण विभागका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विस्तृत परियोजना प्रतिवेदन (DPR), वातावरणीय प्रभाव मूल्यांकन (EIA), र साइट क्लियर गर्ने काम लगभग सकिएको छ। उनका अनुसार, "अबको प्रक्रिया टेन्डर हो, त्यसपछि काम सुरु हुन्छ। IOC ले त्यसका लागि ६ महिनाको समय मागेको छ।"

झापामा निर्माण स्थलको माटो परीक्षण, बाउन्ड्री वाल निर्माण, र फिलिङको काम अगाडि बढिरहेको छ। चितवनमा पाइपलाइन रुटको माटो परीक्षण र सर्वे सम्पन्न भइसकेको जनाइएको छ। तर त्यहाँ केही जग्गा अधिग्रहण आवश्यक रहेको हुँदा वैशाख १० गते जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक सूचना जारी गरिसकेको छ।

Ads

तर यो प्रक्रिया यत्तिमै सीमित छैन। विज्ञहरू भन्छन् – “पाइपलाइन बाहिरीतर्फ देखिने भौतिक पूर्वाधार हो, तर यसभित्र राजनीतिक, रणनीतिक र आर्थिक दवाबहरू पनि पाइपलाइनको आकारमै गाडिएका छन्।”

कुनै बेला हाइड्रोपावर आत्मनिर्भर बन्ने सपना देखिएको नेपाल आज विदेशी इन्धनमा थप निर्भर हुँदै गएको त होइन? यसप्रति सरकार मौन छ, तर नागरिक समाज र स्थानीयवासीहरूको चासो भने चुलिँदै गएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार