भारत–पाकिस्तान युद्ध टुंगियो, वार्ता गर्न दुबै पक्ष तैयार
२७ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच पछिल्ला दिनमा चुलिँदो सैन्य तनावलाई चिर्दै युद्धविरामको सहमति भएको छ। दुवै देशका उच्च अधिकारीहरूले उक्त सहमति तत्काल लागू हुने गरी कार्यान्वयनमा ल्याइने जनाएका छन्।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिबीच कूटनीतिक संवादपछि उक्त सहमति सार्वजनिक गरिएको हो। भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले जानकारी गराएअनुसार पाकिस्तानका सैन्य अपरेशन्स प्रमुखले भारतीय समकक्षीसँग दिउँसो सवा तीन बजे टेलिफोन वार्ता गरेका थिए। त्यसपछि आजै साँझ ५ बजेदेखि लागू हुने गरी युद्धविराममा सहमति जुटाइएको पुष्टि गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो सहमति अमेरिकी मध्यस्थतामा भएको बताएका छन्। उनका अनुसार उपराष्ट्रपति जे.डी. भान्स र विदेशमन्त्री मार्को रुबियोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग वार्ता गरेर यो सहमतिमा पुर्याएका हुन्। उनले यो कदम दक्षिण एशियामा शान्ति स्थापनाको दिशामा महत्वपूर्ण रहेको उल्लेख गरे।

हालै भारत–नियन्त्रित कश्मीरमा भएको आतंकवादी आक्रमणमा २६ जना नागरिकको ज्यान गएपछि तनाव उत्कर्षमा पुगेको थियो। त्यसको प्रतिक्रिया स्वरूप भारतले “अपरेशन सिन्धूर” सञ्चालन गरेको थियो, जसको प्रतिउत्तरमा पाकिस्तानले “अपरेशन बुन्यान मर्सूस” सञ्चालन गरेको थियो। यी सैन्य गतिविधिमा कम्तीमा ८० जनाको ज्यान गएको रिपोर्ट गरिएको छ।
दुवै देशका सैन्य प्रमुखहरूबीच आगामी मे १२ मा पुनः वार्ता हुने तय भएको छ। अन्तर्राष्ट्रिय समुदायले यो युद्धविरामलाई स्वागत गर्दै स्थायी शान्तिको मार्गमा अगाडि बढ्न आग्रह गरेको छ।

प्रतिक्रिया