वैशाख ३१ २०८३, बिहिबार

गौरादहका किसानहरूले नगरपालिकासँग मागे कृषिमा अनुदान

Ads

 

गौरादह / सगरमाथा मूल कृषक समूह, गोरादह-३ ले गौरादह नगरपालिकालाई सामुदायिक खेती प्रवर्धन, बीउबिजन, मलखाद तथा कृषि यन्त्र उपकरणमा अनुदानको माग गर्दै औपचारिक पत्र पेश गरेको छ।
समूहका सचिव लिला व. कार्की र अध्यक्ष कमल खतिवडाद्वारा हस्ताक्षरित पत्रमा हालको महँगी, मल, बीउ, कीटनाशक तथा हार्वेस्टिङ उपकरणको उच्च मूल्यका कारण किसानहरू आर्थिक रूपमा मारमा परेको उल्लेख गरिएको छ।

Ads

सामुदायिक खेती लाई प्रोत्साहन दिन हिउँदे धान, आलु खेती र चैते धान रोप्न आवश्यक बीउ, जोताई खर्च, आलु खेतीलाई प्रांगारिक मल र हार्मेस्टिङमा ४०% अनुदान उपलब्ध गराउनुपर्ने।
कृषि औजार तथा यन्त्र उपकरण मा ५% साझेदारी मा वितरण गर्ने योजना लागू गर्नुपर्ने, किसानहरूको समस्यालाई सम्बोधन गर्न आवश्यक कदम चाल्न नगरपालिकालाई आग्रह गरिएको छ । 
 विगतमा सामुदायिक खेती प्रयास गर्दा मौसम प्रतिकूलता, मल-बीउ अभाव र प्राविधिक समस्या झेले पनि अब सकारात्मक सोचका साथ अघि बढ्न तयार रहेको समूहको भनाइ छ।
किसानहरूले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिई कम्तीमा १०% बजेट विनियोजन गर्न माग गरेका छन्। उनीहरूले रासायनिक मलको गुणस्तर, समयमै उपलब्धता र सस्तो दरमा कृषि औजार वितरणको पनि माग गरेका छन्।
सगरमाथा मूल कृषक समूह ले स्थानीय स्तरबाटै कृषि उत्पादन बढाएर किसानको जीवनस्तर उकास्न र खाद्यान्न सुरक्षा सुनिश्चित गर्न योगदान दिने प्रतिबद्धता जनाएको छ।
ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख छत्रपति सुवेदीले उचित मागहरू नगरपको साधन स्रोतले भ्याएसम्म आगामी वर्षको बजेटमा सम्बोधन गरिने प्रतिवद्द्ता जनाए ।  

Ads

 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार