असार १० २०८३, बुधवार

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका गतिविधि समेटेर वृत्तचित्र निर्माण गरिने

Ads

 

गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले वृत्तचित्र (डकुमेन्ट्री) तयार गर्न प्रस्ताव आह्वान सम्बन्धी सूचना जारी गरेको छ।

Ads

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन नेपाल र गौरादह नगरपालिकाको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत भएका गतिविधिहरू समेटेर वृत्तचित्र निर्माण गरिने भएको हो।

नगरपालिकाले सूचीकृत भिडियो निर्माण फर्म, कम्पनी वा संस्थाहरूलाई आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा प्रस्ताव पेश गर्न आह्वान गरेको छ। साथै, रित नपुगेका तथा म्याद नाघी आएका प्रस्तावमाथि कारबाही नहुने पनि सूचनामा उल्लेख गरिएको छ।

Ads

सूचना अनुसार वृत्तचित्र निर्माणका लागि रु. ५०,००० बजेट विनियोजन गरिएको छ। तयार गरिने वृत्तचित्रमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत भएका सम्पूर्ण गतिविधिहरू समेटिएको हुनुपर्ने जनाइएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार