भदौ ०९ २०८३, मंगलबार

गौरादह नगरसभामा १ अर्ब ९ करोडभन्दा बढीको बजेट प्रस्तुत

रादह नगरसभामा १ अर्ब ९ करोडभन्दा बढीको बजेट प्रस्तुत

गौरादह, झापा — गौरादह नगरपालिकाको १८औँ नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जलवर्षा राजवंशीले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ९ करोड ४८ लाख ९१ हजार २३२ रुपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।

नगरसभामा प्रस्तुत बजेटले नगरको समग्र विकासलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा, रोजगार सिर्जना तथा सुशासन प्रवर्द्धनलगायतका क्षेत्रलाई समेटेको जनाइएको छ।

नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रममाथि छलफलपछि आवश्यक प्रक्रिया पूरा गरी पारित गरिने नगरपालिकाले जनाएको छ। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत नगरवासीलाई प्रभावकारी सेवा प्रवाह र दिगो विकासका कार्यक्रम सञ्चालन गरिने अपेक्षा गरिएको छ।

 

May be an image of floor plan, blueprint and text

प्रतिक्रिया

सम्बन्धित समाचार