असार १० २०८३, बुधवार

विकसित देशहरुले विकासोन्मुख देशहरुलाई अबको १० वर्षसम्म वर्षेनि तीन सय विलियन अमेरिकी डलर सहयोग गर्ने सहमती

जलवायु परिवर्तनसँग जुध्न विकसित देशहरुले विकासोन्मुख देशहरुलाई अबको १० वर्षसम्म वर्षेनि तीन सय विलियन अमेरिकी डलर सहयोग गर्ने सहमती गरेका छन् ।
Ads

अजरबैजानको बाकु शहरमा भएको विश्व जलवायु सम्मेलन कोप–२९ मा धनी देहरुले सन् २०२५ देखि २०३५ सम्म वर्षेनि तीन सय बिलियन डलरका दरले रकम दिने सहमती गरेका हुन् । यसअघि हिजो दुई सय ५० बिलियन डलर मात्रै दिने मस्यौदा सार्वजनिक भएपछि सम्मेलन स्थलमै गरिब देशहरुले प्रदर्शन गरेका थिए ।

यस्तै बाकु सम्मेलनमा कार्बन क्रेडिट खरिद–बिक्री गर्ने विश्वव्यापी बजारका नियमहरूमा पनि सहमति भएको छ । यसबाट विश्वव्यापी तापमान वृद्धिलाई कम गर्न मद्दत गर्ने नयाँ परियोजनाहरूमा थप लगानी जुटाउन सक्ने अपेक्षा छ ।

Ads

No photo description available.

यसैबीच गएको वर्षको कोपमा सहमती भएको जीवाष्म इन्धनको प्रयोगलाई कम गर्ने सहमतीमा सम्झौता गर्न भने कोपा २९ असफल भएको छ । यो विषय आउँदो वर्षको कोप सम्मका लागि स्थगित भएको बीबीसीले जनाएको छ । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार