श्रावण ३१ २०८३, आइतबार

खोटांगमा अपांगताको नक्कली सिफारिस लिएर मागी हिड्ने दुई युवक पक्राउ

खोटाङमा बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवकलाई पक्राउ गरेको छ।

 

गोरखाको सहिद लखन गाउँपालिकाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयसँग चन्दा माग्दै हिँड्ने दुई युवकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनाविरुद्ध अवैध चन्दा ऐनअन्तर्गतको कसुरमा खोटाङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार