असार ११ २०८३, बिहिबार

फुलचोकी जङ्गलमा हराएका १३ जनाको उद्धार

फुलचोकी जङ्गलमा हराएका १३ जनाको उद्धार भएको छ ।
Ads

हिजो दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

हराएका छुट्टाछुट्टै दुई समूहका १३ जना हिजो अबेर राति फोन सम्पर्कमा आएपछि उद्धार भएको उहाँले बताउनुभयो ।

Ads

ललितपुरको गोदावरी नगरपालिका–३ फुल्चोकीमा हाइकिङका लागि गएका सात जनाको एक समूह र छ जनाको अर्को समूह छोटो दूरीको बाटो भन्दै फर्कने क्रममा हराएका थिए ।

हराएका दुवै टोली सही मार्ग खोज्ने क्रममा एक आपसमा भेट भएका थिए । हराउनेमध्ये  १० जना युवा र तीन युवती रहेका प्रहरीले जनाएको छ । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार