श्रावण ३१ २०८३, आइतबार

सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी छविलाल जोशी धरौटीमा रिहा

काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशी धरौटीमा रिहा भएका छन् ।

 

काठमाण्डौ जिल्ला अदालतले जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख बैङ्क ग्यारेन्टी बुझाएर हिजो बेलुका रिहा भएको जानकारी दिनुभयो ।

यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की अदालतबाट ६५ लाख र काठमाण्डौ जिल्ला अदालतबाट ६० लाख बैङ्क ग्यारेन्टी बुझाएर छुटेका छन् । तर रवि र छविलालविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।

यसैबीच पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट भएको आदेश बदरको मागसहित सरकारी वकिल कार्यालयले उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार