जेष्ठ १९ २०८२, सोमबार

व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने अदालतको आदेश

Ads

काठमाडौं, ३ जेठ २०८२ – विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्रदान गरेको छ।गत चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा पेश गरेको थियो। अदालतले राज्यविरुद्धको कसूरमा उनलाई थप ४ दिन हिरासतमा राख्ने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।प्रसाईंमाथि आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको र त्यसपछि भारत भागेको आरोप लागेको छ। अनुसन्धानले उनको संलग्नताबारे थप खुलासा गर्ने अपेक्षा प्रहरीले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार