जेष्ठ १९ २०८२, सोमबार

सत्ता गठबन्धन दलको बैठकमा संविधान संशोधनको विषयले प्रवेश पायो

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने समझदारी भएको छ । बैठकले संविधान संशोधनका लागि राजनीतिक दल र सरोकारवालासँग बृहत् छलफल गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।
Ads

 

 

Ads

कांग्रेस र एमालेबीच गएको असारमा भएको सात बुँदे सहमतिमा संविधान संशोधनको विषय समावेश छ । यसैलाई मुख्य प्राथमिकतामा राखेर सत्तारूढ दलको बैठकमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका विषयलाई अवाञ्छित रुपमा गरेको टिप्पणीमा पनि समीक्षा भएको बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । बैठकमा सरकारका कामकारबाही र साझा न्यूनतम कार्यक्रमबारे पनि छलफल भएको थियो ।

Ads

सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन भएर गृहकार्य शुरु भइसकेको छ । बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अब्दुल खानलगायत सहभागी हुनुहुन्थ्यो । 

प्रतिक्रिया

सम्बन्धित समाचार