प्रधानमन्त्री ओलीसँग लामिछानेको भेट, उपसभामुखको विषयमा छलफल
पोखरामा पार्टीको कार्यक्रम सकेर काठमाण्डौ फर्केलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न लामिछाने बालुवाटार पुग्नुभएको हो । लामिछानेले सत्तारुढ दलका सांसदबाट उपसभामुखलाई राजीनामा दिन दबाब दिएकोबारे प्रधानमन्त्रीको धारणा बुझ्न खोज्नुभएको थियो । प्रधानमन्त्री ओलीले भने संसद्मा उठेको विषय त्यहीँ निराकरण हुने जवाफ दिनुभएको छ ।
हिजोको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदले उपसभामुख रानामगरले पदको दुरुपयोग गरेको भन्दै राजीनामा दिन माग गरेका थिए भने प्रतिपक्षी माओवादी र रास्वपाका सांसदहरुले उपसभामुखलाई हटाउन खोजेर सत्तारुढ दलहरुले लोकतन्त्र मार्न खोजेको आरोप लगाएका थिए ।
उपसभामुख रानामगरले गएको वर्ष अमेरिकामा हुने एक कार्यक्रममा सहभागी गराउन आफ्नो लेटरप्याडमा केही व्यक्तिलाई सिफारिससहित दूतावासलाई लेखेको पत्र विवादमा परेको थियो । पत्र गएको साउन पहिलो हप्ता सार्वजनिक भएलगत्तै त्यसैबेला पनि संसदमा यो विषय उठेको थियो ।
प्रतिक्रिया