प्रधानमन्त्री ओलीले अमेरिकी खर्बपति एलन मस्कसँग संवाद
प्रधानमन्त्री ओलीले मस्कमार्फत् नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पनि दिनुभएको छ । आउँदो जनवरीदेखि कार्यभार सम्हाल्न लागेका राष्ट्रपति ट्रम्पलाई ओलीले मस्कसँगको भर्चुअल वार्तामार्फत् बधाई दिएको उहाँको सचिवालयले जनाएको छ ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्पलाई जिताउन मस्कको विशेष भूमिका रहेको थियो । उहाँले नेपालमा यसको प्रयोग भएमा प्राप्त हुन सक्ने सहुलियत र सुविधाबारे पनि बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मस्क स्पेश एक्सका कम्पनीका मालिकसमेत हुनुहुन्छ, उहाँले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिङ्क शुरु गर्न इच्छा देखाइरहनुभएको छ । कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले मस्कलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ ।
प्रतिक्रिया