पनामा नहर नियन्त्रणमा लिने अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको चेतावनी
एरिजोनामा भएको एक कार्यक्रममा ट्रम्पले पनामाको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको भन्दै शुल्क घटाउन वा नहरको नियन्त्रण पुनःअमेरिकालाई दिन चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
आउँदो जनवरीमा अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्ने ट्रम्पले अमेरिकामाथिको चर्को दोहन तुरुन्तै रोक्नुपर्ने बताउनुभयो ।
ट्रम्पको टिप्पणीपछि पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले नहर र वरपरको क्षेत्रको हरेक वर्ग मिटर आफ्नो देशको भएको प्रतिक्रया दिँदै पनामाको सार्वभौमसत्ता र स्वतन्त्रताका विषयमा कुनै पनि सम्झौता नहुने बताउनुभएको बीबीसीले जनाएको छ ।
यसअघि ट्रम्पले पनामा नहर अमेरिकाको लागि महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति भएको बताउनुभएको थियो । पनामा आन्ध्र र प्रशान्त महासागर जोड्ने मानवनिर्मित नहर हो ।
सन् १८८२ मा फ्रान्सले निर्माण शुरू गरेको नहरको काम सन् १९०४ देखि अमेरिकाले गरेको थियो । सन् १९१४ मा खुला गरिएको नहर अमेरिकाले सन् १९९९ मा पनामालाई हस्तान्तरण गरेको थियो । नहर हस्तान्तरण सम्बन्धी सम्झौता भने सन् १९७७ मा भएको थियो ।
प्रतिक्रिया