श्रावण १७ २०८३, आइतबार

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको गएराति निधन

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको गएराति निधन भएको छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो ।

घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । उपचारको क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो ।

सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।

सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो ।

यस्तै उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाल्नुभएको थियो । उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार