श्रावण १७ २०८३, आइतबार

इथियोपियामा ट्रक दुर्घटना: ७१ जनाको ज्यान गयो


दक्षिणी इथियोपियाको सिदामा क्षेत्रमा यात्रुहरूले भरिएको ट्रक नदीमा खस्दा ७१ जनाको ज्यान गएको छ। क्षेत्रीय प्रहरी आयोगका अनुसार मृतकमध्ये ६८ जना पुरुष र तीन जना महिला छन्। दुर्घटनामा बाँचेकाहरूलाई तत्कालै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ।

इथियोपिया विश्वका सबैभन्दा धेरै गाडी दुर्घटना हुने १९औं देशमा पर्छ। देशमा वर्षेनि झन्डै ३२ हजार जनाले गाडी दुर्घटनामा ज्यान गुमाउने गरेको तथ्यांक छ। प्रति १ लाख जनसंख्यामा ४२ जना गाडी दुर्घटनामा पर्ने गरेका छन्।


दुर्घटनाहरू बढ्नुका प्रमुख कारणमा खराब सडक अवस्था, लापर्बाहीपूर्ण ड्राइभिङ, त्रुटिपूर्ण चालक अनुमतिपत्र प्रणाली, र कमजोर सुरक्षा नियमहरूको कार्यान्वयन छन्। यस्ता दुर्घटनाहरूले सरकारलाई सडक सुरक्षाका मापदण्डलाई सुधार गर्न र प्रभावकारी प्रणाली लागू गर्न दबाब दिएका छन्। तस्बिर: ईन्टरनेट 

प्रतिक्रिया

सम्बन्धित समाचार