अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पद्वारा शपथ
नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिनुभएको हो । उहाँनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ खुवाउनुभएको बीबीसीले जनाएको छ ।
राष्ट्रपतिको रुपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी हुनुभएको थियो ।
यसअघि उहाँ सन् २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहनुभएको थियो । उहाँ २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा हुनुभएको थियो ।
सपथ ग्रहण कार्यक्रमको उद्घाटन सम्बोधनमा ट्रम्पले अमेरिकाको स्वर्ण युग अहिले शुरू भएको भन्दै अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको बताउनुभयो ।
यसैबीच ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरिरहनुभएको छ । वाशिङ्गटन डीसीको एक स्टेडियममा हजारौँ समर्थकहरू माझमा आफ्नो दोस्रो राष्ट्रपति कार्यकालको पहिलो आदेशमा हस्ताक्षर गर्ने उहाँको तयारी रहेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया