श्रावण १७ २०८३, आइतबार

टर्कीको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको ज्यान गयो

टर्कीको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । आगलागीमा अरु ५० जना घाइते भएका छन् ।

 

स्थानीय समयअनुसार बिहान साढे तीन बजे राजधानी अङ्काराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको बोलु शहरमा १२ तले ग्राण्ड कार्टेल नामको होटलमा आगलागी भएको बीबीसीले जनाएको छ । आगलागीको समयमा २ सय ३४ जना होटलमा रहेका खबरमा उल्लेख छ ।

टर्कीका स्थानीय सञ्चारमाध्यमअनुसार  दुई जनाको झ्यालबाट हाम फालेर ज्यान गएको छ । बोलुको पहाडी भूभाग स्कीइङका लागि लोकप्रिय रहेकाले यो समयमा विद्यालय  बिदा परेकाले इस्तानबुल र अङ्काराबाट धेरै मानिसहरू बिदा मनाउन त्यहाँ गएका थिए ।

आगलागीको घटनाबारे अनुसन्धानका लागि भन्दै होटल मालिकसहित नौ जनालाई पक्राउ गरिएको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार