अमेरिकी सरकारले केही दिनअघि निकालेका आणविक सुरक्षा कर्मचारीलाई पुनः भर्ती गर्ने प्रयास गर्दै
राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने भन्दै अमेरिकाले आफैँले बर्खास्त गरेका कर्मचारीहरूलाई पुनः भर्ती गर्ने प्रयास गरिरहेको बीबीसीले जनाएको छ ।
गएको बिहीवार अमेरिकाको ऊर्जा विभागअन्तर्गतको राष्ट्रिय आणविक सुरक्षा प्रशासन (एनएनएसए) का तीन सय कर्मचारीहरूले बर्खास्त पत्रहरू प्राप्त गरेका खबरमा उल्लेख छ ।
विभागले अमेरिकी आणविक हतियार भण्डारको डिजाइन, निर्माण र निरीक्षणको जिम्मेवारी सम्हाल्है आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च कम गर्न सङ्घीय कार्यबलबाट ठूलो सङ्ख्यामा कर्मचारी घटाइरहेका छन् ।
गएको जनवरी २० मा कार्यभार सम्हालेको पहिलो दिनदेखि नै उहाँले यो अभियान तीव्र पार्नुभएको छ । ट्रम्प प्रशासनले हजारौँ कर्मचारीलाई इमेल, भिडियो कल लगायतका माध्यमबाट कर्मचारीको बर्खास्त गर्दै आएको छ ।
प्रतिक्रिया