वैशाख २६ २०८२, शुक्रबार

सीतापाइला –धार्के सडक आजदेखि १५ दिनको लागि बन्द हुने

सीतापाइला –धार्के सडक आजदेखि १५ दिनको लागि बन्द हुने भएको छ । काठमाण्डौको सीतापाइलाबाट धादिङको धार्के जोड्ने सडकको स्तरोन्नति गर्नका लागि आजदेखि १५ दिनका लागि बन्द हुने भएका हो ।
Ads

 

 

Ads

जिल्ला प्रशासन कार्यालय धादिङले निकालेको  सूचनाअनुसार यो सडक खण्डमा कालोपत्रे कार्य भइरहेकाले एम्बुलेन्स, सुरक्षा निकायका गाडी र हलुका चार पाङ्ग्रे गाडी बाहेकका सबै प्रकारका गाडीलाई पूर्ण रूपमा रोक लगाइएको छ । प्रशासनले सडकको स्तरोन्नति कार्यको अवधि भर, गाडी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

वैकल्पिक मार्गका रूपमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के नौबिसे–नागढुङ्गा सडक प्रयोग गर्न सकिने साहयक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभएको छ । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार