क्यान्सर पीडित गौतमलाई आश्वासन दिएर कता गए प्रचण्ड ?
भक्तपुर/ घनश्याम गौतम नक्कली प्रचण्डको नामले चर्चित कमेडियन हुन् । काठमाडौं क्यान्सर सेन्टर, ताथलीको एक सानो बेडमा पीडा सहँदै थलिएका छन् गौतम । उनलाई केही महिनाअघि माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अस्पतालमै पुगेर औषधोपचारको व्यवस्थापन गरिदिने प्रतिवद्धता जनाएका थिए। तर त्यो आश्वासन अहिले पीडित परिवारका लागि केवल एक राजनैतिक ढाँटजस्तो लाग्न थालेको छ।
"कमरेड प्रचण्ड अस्पताल आइपुग्नुभयो, उहाँले नै मेरो श्रीमानको अवस्था हेरेर वाचा गर्नुभयो – तर महिनौं बितिसक्दा पनि न कुनै सहयोग, न सम्पर्क," श्रीमतीको स्वरमा वेदना छ। "उहाँलाई आफ्नाे छाेराकाे याद आएन? यत्रो पीडामा रहेका बिरामीलाई झुटाे आश्वासन दिनु मानवीय नैतिकताको उल्लंघन होइन र?"
श्रीमतीको अनुसार, घनश्याम गौतम लामो समयदेखि क्यान्सरसँग लडिरहेका छन्। आर्थिक अवस्था कमजोर हुँदा उपचारमा बाधा आइरहेको छ। यतिबेला उनी भक्तपुरस्थित क्यान्सर अस्पतालको बेडमा छटपटाइरहेका छन्।
"जनताका पीडामा साथ दिने नेता भन्नेहरू नै यदि यस्तो संवेदनशील क्षणमा पनि वचन पुरा गर्न सक्दैनन् भने, जनताले कसलाई विश्वास गर्ने?" – परिवारको आक्रोशपूर्ण प्रश्न छ।
सार्वजनिक रूपमा वाचा गरेर पछि नहट्ने नेताको जिम्मेवारीबारे उठेको यो प्रश्न अहिले सामाजिक सञ्जालदेखि आम जनमानसबीच गम्भीर छलफलको विषय बन्न थालेको छ।
अब परिवारको एक मात्र आग्रह छ —
"कृपया प्रधानमन्त्रीज्यू, बेडमै दिनुभएको वचन निभाउनुहोस्। हामी तपाईंको करुणा र सहयोगको पर्खाइमा छौं।"
प्रतिक्रिया