व्यंग्य कवि खगेन्द्र नेउपानेको कविता संग्रह 'प्वाक्कपुक्क' पुस्तक चर्चा
गरिएको छ । काठमाडौमा यस अघिनै लोकार्पण गरिएको उक्त पुस्तक सम्बन्धि परिचर्चा कार्यक्रम गौरादहमा आयोजना गरिएको हो ।
गौरादह बहुमुखी क्याम्पसमा क्याम्पसको नेपाली बिभागद्वारा बिहिवार आयोजना गरिएको कार्यक्रममा गौरादह बहुमुखी क्याम्पसका पुर्व प्रमुख गोपाल प्रसाद काफ्लेले समालोचना गरेका थिए ।
पुस्तकको सन्दर्भमा चर्चा गर्दै समालोचक गोपाल काफ्लेले वर्तमान राजनीतिक तथा सामाजिक अवस्थालाई पेचिलो प्रहार हुनेगरी रचना गरिएको 'प्वाक्कपुक्क' पुस्तक आफैंमा महत्त्वपूर्ण सृजना रहेको बताउनु भयो । पुस्तकका हरेक कविताहरु भ्रष्टाचार र व्यथिति विरुद्ध केन्द्रित रहेको भन्दै वहाँले 'प्वाक्कपुक्क' एक अलौकिक कीर्ति रहेको बताउनु भयो ।
कार्यक्रममा रचनाकार नेउपानेले आफुले सृजना गरेको पुस्तक 'प्वाक्कपुक्क' को अध्ययन गरि प्रतिक्रिया तथा सुझाव प्रदान गरिदिन आग्रह गर्नु भएको छ ।
२०४८ सालमा 'मेची बगरको खप्पर' शीर्षकको कविता स्थानीय कन्काई एक्स्प्रेसमा प्रकाशन पश्चात लेखन क्षेत्रमा प्रवेश गर्नुभएका नेउपाने गौरादह बहुमुखी क्याम्पसका प्राध्यापक तथा स्कुलचौन मा. वि. का शिक्षक समेत रहनुभएको छ । साहित्यकार नेउपानेको यो दोश्रो कीर्ति हो । यसअघि वहाँको साहित्यिक कीर्ति 'म्याट्याङ्ग्रा' कविता संग्रह समेत प्रकाशित छ ।
नेउपाने 'फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार (२०८०) द्वारा समेत सम्मानित हुनुभएको छ ।
कार्यक्रममा स्थानीय साहित्यकार, प्राध्यापक, शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत क्याम्पसका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया