दक्षिण कोरियाका राष्ट्रपतिले 'मार्शल ल' अर्थात् सैन्य कानून घोषणा गरेकोमा माफी माग्नुभयो
आफ्नो घोषणाबाट हुने कुनै पनि कानूनी र राजनीतिक जिम्मेवारी मुद्दाहरूलाई बेवास्ता नगर्ने भन्दै उहाँले अर्काे 'मार्शल ल' घोषणा नहुने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रपति युनले आफ्नो कार्यकालको मुद्दा आफ्नो पार्टीमा छोडेको भन्दै आफ्नो सम्बोधन सक्नुभएको खबरमा उल्लेख छ । उहाँले देशको भावी व्यवस्थापनको जिम्मेवारी आफ्नो पार्टी र सरकारको हुने पनि बताउनुभएको छ ।
यसैबीच सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युनविरुद्धको महाभियोगमा मतदान आजका लागि तय भएको छ । राष्ट्रपछि युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी गएको मङ्गलवार राति 'मार्शल ल’ घोषणा गर्दै केही घण्टामै फिर्ता गर्नुभएको थियो ।
प्रतिक्रिया