इजरायल र लेबनान दुवै पक्षबाट युद्धविरामको उल्लङ्घन
दुवै पक्षले एकअर्कालाई गएको हप्ताको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् । इजरायलको पछिल्लो आक्रमणमा दुई दक्षिणी लेबनानी गाउँहरूमा नौ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम सम्झौताप्रति आफ्नो प्रतिबद्धता रहेको भन्दै लेबनानभरि विद्रोही समूह हिजबुल्लाहलाई र उनीहरुको पूर्वाधारमा मात्र लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह आक्रमणलाई युद्धविरामको गम्भीर उल्लङ्घन भन्दै इजरायलले अझै बलपूर्वक जवाफ दिने बताउनुभएको छ । उहाँले हिजबुल्लाहले युद्धविरामका सर्तहरू तोड्यो भने कडा आक्रमण गर्ने चेतावनी शुरूदेखि दिँदै आउनुभएको छ ।
प्रतिक्रिया