वैशाख २६ २०८२, शुक्रबार

दक्षिण कोरियाले सैन्य कानूनको घोषणा फिर्ता लिने

दक्षिण कोरियाली संसदमा चर्को आलोचना भएपछि  राष्ट्रपति यून सुक येओलले मार्सल ‘ल’ अर्थात सैन्य कानूनको घोषणा फिर्ता लिनुभएको छ । सांसदहरुले सदनमा शैन्य कानून लागू गर्ने घोषणाविरुद्ध कडा प्रतिवाद गरेपछि राष्ट्रपति यून आफ्नो निर्णयबाट केही घण्टामै पछि हट्नु परेको हो ।
Ads

 

सिओलको नेशनल ऐसम्ब्ली अर्थात राष्ट्रिय सभामा उपस्थित १९० जना सांसदहरुले सर्वसम्मत रुपमा राष्ट्रपतिको यो कदमलाई खारेज गरिदिएका बीबीसीले जनाएको छ ।

Ads

राष्ट्रपतिको कदमलाई लिएर संसद बाहिरसमेत प्रदर्शन भएको छ । उत्तर कोरियाको कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न भन्दै राष्ट्रपति यूनले देश विरोधी तत्वलाई सखाप पार्न सैनिक शासन घोेषणा आवश्यक परेको दाबी गर्नुभएको थियो ।

यो घटनाले वासिङ्टन र सियोलको रणनीतिक महत्वको गठबन्धन सङ्कटमा पर्नबाट जोगिएको बहस हुन थालेको छ भने वासिङ्टनलाई थाहा नदिई सियोल नेतृत्वले यति कठोर कदम उठाउनु असाधारण कुरा भएको खबरमा उल्लेख छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार